काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटीको आयोजनामा विरोध प्रर्दशन हुन लागेको हो ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो हुने विरोध प्रदर्शनमार्फत प्रधानमन्त्री शाहको भनाइप्रति असहमति जनाइने एमालेले जनाएको छ ।
प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको छ भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएलगत्तै चौतर्फी आलोचना सुरु भएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र नेपालको आधिकारिक धारणा विपरीत सन्देश दिएको भन्दै विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन तथा सर्वसाधारणले सामाजिक सञ्जाल मार्फत विरोध गर्न सुरु गरेका छन् । विद्यार्थी संगठनहरुलेप्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै हिजो साँझ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस