२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिपक्ष एकजुट

संसद अवरुद्ध गर्ने चेतावनी

सोमवार , जेठ १८, २०८३

काठमाडौ / प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा सीमा सम्बन्धी दिएको अभिव्यक्तिको विरोधमा आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरू एकजुट भएर प्रस्तुत हुने भएका छन् । प्रधानमन्त्रीको भनाइ फिर्ता नभएसम्म र उनले आफ्नो कमजोरी स्वीकार गर्दै माफी नमागेसम्म संसद चल्न नदिने चेतावनी प्रतिपक्षले दिएको छ ।

नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्रीले हिजो संसदमा दिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफ्नो कमजोरी स्वीकार गरी सार्वजनिक रूपमा माफी नमागेसम्म प्रतिपक्ष संसद सञ्चालन हुन नदिने अडानमा रहेको स्पष्ट पारे ।

‘हामी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता गराएर आफ्नो कमजोरी स्वीकार्न लगाउने पक्षमा छौं। अन्य प्रतिपक्षी दलहरूको धारणा पनि यही नै रहने विश्वास छ,’ दुलालले भने, ‘यस विषयमा साझा धारणा बनाउन सबै प्रतिपक्षी दलहरूको बैठक पनि बस्नेछ।’ दुलालका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखसँग समेत आग्रह गरिनेछ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि प्रतिपक्षी दलहरूले संयुक्त बैठक गरी संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप रणनीति तय गर्ने भएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण आजको संसद बैठक तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ । विपक्ष दलहरुले माग पुरा गराउन सुरुमा नै बेल घेर्ने योजना समेत बनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ