२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विपक्षी एकजुट,संसदमा आएर स्पष्टिकरण दिनुपर्ने माग

सोमवार , जेठ १८, २०८३

काठमाडौं , नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दलहरू एकजुट भएका छन् । सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्ट जवाफ दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय महत्वको विषयमा गम्भीर प्रश्न उठाएकाले सदनमै आएर प्रष्ट पार्नुपर्ने निर्णय भएको जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी का प्रतिनिधिहरू सहभागी भएका थिए । बैठकमा सहभागी दलहरूले प्रधानमन्त्रीको भनाइले राष्ट्रियता र सीमा सम्बन्धी विषयमा अन्योल सिर्जना गरेको भन्दै सरकारको धारणा स्पष्ट हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कार्यसूचीमा समावेश नभए पनि प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । सो क्रममा नेपाल–भारत सीमा विवादबारे बोल्दै उनले, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयलाई दुई देशबीच अध्ययन, तथ्य र आपसी छलफलका माध्यमबाट मित्रवत ढंगले समाधान गर्नुपर्ने धारणा राखेका थिए। तर उनको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइलाई गम्भीर विषयका रूपमा लिँदै संसदमार्फत औपचारिक जवाफ माग्ने रणनीति बनाएका छन् । यससँगै संसदभित्र सरकारमाथिको दबाब बढ्ने संकेत देखिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सुरु भएको राजनीतिक विवादले आजको संसद बैठक थप तातिने सम्भावना रहेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ