२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसद बैठकमा बिपक्षी दलको विरोध

सोमवार , जेठ १८, २०८३

काठमाडौं । बिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । 

नेपाल–भारत सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सो क्रममा कांग्रेसका सचेतक निस्कल राईले नेपालले भारतको जग्गा मिचिएको प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरेको बताए । प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिप्रति आफुहरुको नोट अफ डिसेन्ट रहेको भन्दै उनले नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गरे । भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा दिने ? भन्दै उनले प्रश्न गरे । 

त्यस्तै एमालेका सचेतक ऐन महरले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारी, राष्ट्रघाती रहेकाले यो सदनको रेकर्डबाट हटाउन माग गरे । उनले नेपालले कसैको पनि भूमि नमिच्ने उल्लेख गर्दै सीमाका बारेमा जानकारी नभए सिक्न आउन सुझाव दिए । 

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले देशको मिचिएको भूमि फिर्ता ल्याउनुको साटो उल्टै नेपालले भारतको भूमि मिचेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले रास्वपा सभापतिको भारत भ्रमणको पूूर्वसध्यामा प्रधानमन्त्रीको आएको अभिव्यक्तिले आशङ्का उत्पन्न भएको उल्लेख गरे ।

त्यस्तै श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरुले समेत प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्ने धारणा राखेका थिए । बिपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बसेर सदन चलाउन आग्रह गरेका थिए । तर अवरोध कायमै रहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ