logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • लिलेलाई सुपर कप उपाधि

    लिलेलाई सुपर कप उपाधि

    3.6K
    Shares

    एजेन्सी । फ्रान्सेली सुपर कप फुटबलको उपाधि लिलेले जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च लिग च्याम्पियन लिलेले साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० गोलले हरायो ।

    प्रतिस्पर्धात्मक खेलमा पीएसजीको उपाधि रक्षा गर्ने योजना सफल बन्न सकेन । लिलेको जितमा पोर्चुगलका मिडफिल्डर छेका नायक बने । छेकाले ४५औं मिनेटमा बुरक इल्माजको पामसा गोल गरेका थिए । लिलेको गोलपछि आक्रामक देखिएको पीएसजीले दोस्रो हाफमा गोलका लागि राम्रा मौका बनाएपनि सदुपयोग गर्न सकेन ।

    पीएसजी टोलीका सुपरस्टारद्वय केलियन एम्बाप्पे र नेमारविनै खेलेको थियो । चोटका कारण पीएसजीले सर्जियो रामोसलाई समेत खेलाएको थिएन । रामोस यसैसिजन पीएसजीमा अनुबन्ध भएका हुन् । लिलेको यो पहिलो सुपर कप उपाधि हो । यस उपाधि पीएसजीले सर्वाधिक १० पटक जितेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend