काठमाडौं । प्रेसिडेन्ट ट्राभलले कतार एयरवेजको जनरल सेल्स एजेण्ट (जिएसए) पाएको छ ।
नेपालमा आउने विदेशी एयरलाइन्सलाई अनिवार्य रूपमा जीएसए राख्नुपर्ने भएपछि कतार एयरवेजले प्रतिस्पर्धामार्फत प्रेसिडेन्ट ट्राभललाई छनौट गरेको हो ।
सरकारले हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ मार्फत अनिवार्य गराएको छ ।
प्रेसिडेन्ट ट्राभलका अध्यक्ष भोलाविक्रम थापाले करिब एक महिना अघि कतारको जिएसएमा छनौट भएको जानकारी दिए । कतार एयरवेजले खुल्ला प्रतिस्पर्धामार्फत जिएसए छनौटका लागि आव्हान गरे अनुसार सहभागी हुँदा कम्पनी त्यसमा योग्य ठहरिएको उनले बताए ।
प्रेसिडेन्टले अहिले इण्डिगो, गल्फ एयर, हाना एयर लगायतको जिएसएको काम गर्दै आएको छ । नेपालमा उडान गर्ने विदेशी एयरलाइन्समध्ये कतारलाई प्रिमियम एयरलाइन्सको रूपमा लिइन्छ ।
जिएसएका लागि प्रेसिडेन्टसँगै आइएमई ग्रुपको आइएमई ट्राभल, सोसाइटी ट्राभल, जेनिथ ट्राभल लगाएतले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस