२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै काठमाडौंमा तरुण दलको प्रदर्शन

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ । 

नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । 

सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको बिरुद्ध भएको तरुण दलले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले कार्यकारी प्रमुख हो की देशकै बोझ, प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है, बीर पुर्खाको अपमान सहदैन नेपाल, देशको सीमा र स्वाभिमान हाम्रो प्राण लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले सीमाका बारेमा प्रधानमन्त्रीले गैरजिम्मेवारी ढंगले अभिव्यक्ति दिएको भन्दै तत्काल सदनमार्फत माफी माग्दै राजीनामा दिनुपर्ने बताए । उनले यस बिषयमा प्रधानमन्त्री र रास्वपाले स्पष्ट पार्नुपर्ने माग गरे । 

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै अभिव्यक्ति दिएपछि चौतर्फी बिरोध र आलोचना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ