logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • एसियन अनलाइन तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

    एसियन अनलाइन तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

    5.2K
    Shares

    काठमाडौं । डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा पुरुष ३०–४० वर्ष उमेर समूहमा नेपालका सञ्जीव नेपालीले स्वर्ण जिते ।

    सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । सञ्जीवले ५.४३३ अंक बनाए । क्लिभले ४.४८३ अंक बनाएका थिए । महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले स्वर्ण जितिन् । फाइनलमा उनले अमेरिकाकै सानोन मास्देनलाई हराएकी थिईन् । सन्दीपाले ५.५०० अंक र सानोनले ५.४०० अंक बनाएका थिए ।

    नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेरसमूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कुल ५.०६७ अंक बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए । थोरैले पछि परेका टिमले ५ अंक बटुलेका थिए । जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend