२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दिल्ली पुगे सभापति लामिछाने, विमानस्थलमा भव्य स्वागत

सोमवार , जेठ १८, २०८३

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुगेका छन् । 

भाजपाको निमन्त्रणमा भारत गएका उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । रविले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ