२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । 

सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोश्रो बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । 

तर बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ