२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदमा हुलदंगा र हातहालाहालपछि छानबिन समिति गठन,  ७ दिनभित्र प्रतिवेदन बुझाउने

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमर्यादित व्यवहार, अव्यवस्था तथा भौतिक क्षति पुर्‍याएको घटनाबारे छानबिन गर्न सभामुख डोलप्रसाद अर्याल ले विशेष समिति गठन गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले संसदमा भएको अवाञ्छित गतिविधिबारे जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित समिति गठन गरिएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी को संयोजकत्वमा गठित समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।

सभामुख अर्यालले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गर्दै अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरेको, साथै भौतिक हानि–नोक्सानीसमेत पुर्‍याएको विषयमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताए। सो घटनाबारे मुचुल्का तयार भइसकेकाले नियमावलीअनुसार आवश्यक जाँचबुझका लागि समिति गठन गरिएको उनले स्पष्ट पारे ।

उनका अनुसार समितिले बुझाउने प्रतिवेदनका आधारमा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम सम्बन्धित सांसदमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।

संसद् सचिवालयका कर्मचारीहरूसँग आइतबार दिउँसो परामर्श गरेपछि समिति गठन गर्ने निर्णय गरिएको बताइएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नियमावली पारित गर्ने विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलका सांसदबीच तीव्र विवाद भएको थियो। विपक्षी सांसदहरूले संसदको वेल घेराउ गर्दै नाराबाजी गरेका थिए भने केही सांसदबीच धकेलाधकेल र हातहालाहालको अवस्था समेत सिर्जना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ