२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल–भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक छ : गगन-विश्वप्रकाश

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । 

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् । 

सीमासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिइ प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ । त्यस्तै सभापति थापाले जेन्जी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषि देखिएकाहरुलाई निष्पक्ष ढंगले कारवाही गर्नुपर्नेमा जोड दिए ।

संसदमा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरको रुपमा लिएर काम गर्न रास्वपालाई सुझाव दिए । सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान आफु गम्भीर रुपमा लागेको उल्लेख गरे । उनले निर्वाचनले कांग्रेस ल्याएको नभइ कांग्रेसका कारण निर्वाचन भएको इतिहास रहेको भन्दै निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिन आग्रह गरे । 

त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा राखेको अभिव्यक्तिप्रति बिमति रहेको बताए । सांसदलाई भ्रष्टाचार लगाएत गम्भीर फौजदारी कसुरमा उन्मुक्ति दिने व्यवस्थाप्रति उहाले आपत्ति जनाए । उनले कांग्रेस बलियो बन्न नसकेकाले मुलुकको राष्ट्रियमाथि गम्भीर प्रश्न उठ्न थालेको धारणा राखे । 

उपभापति शर्माले पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताउँदै सबैले सबैलाई विश्वास गर्ने बातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ