२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त

सोमवार , जेठ १८, २०८३

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन् ।

पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टीको विधानअनुसार आज नियुक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ