काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
प्रधानमन्त्रीको आह्वानमा बस्न लागेको बैठकमा देशको पछिल्लो राजनीतिक तथा प्रशासनिक अवस्था, सरकारका प्राथमिकता र विभिन्न मन्त्रालयले प्रस्तुत गरेका एजेन्डामाथि छलफल हुने जनाइएको छ।
बैठकमा समसामयिक राष्ट्रिय विषयका साथै मन्त्रालयगत प्रस्ताव, नीतिगत निर्णय र प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुन सक्ने स्रोतले जनाएको छ।
सरकारले नियमित रूपमा मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस