२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार बढी चालक कारबाहीमा, एकैदिन २७ लाख राजस्व सङ्कलन

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ । ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ