२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भाजपा कार्यालयमा रास्वपा सभापति लामिछानेको भव्य स्वागत

मंगलवार , जेठ १९, २०८३

काठमाडौ /सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भारतमा भव्य स्वागत गरिएको छ । पाँच दिने भारत भ्रमणका क्रममा सोमबार भारत पुगेका रबिलाई मंगलबार भारतीय जनता पार्टी(भाजपा) को मुख्यालयमा पुग्दा भव्य स्वागत गरिएको थियो ।

त्यहाँको परम्परागत बाजागाजा सहित ,विभिन्न झाकी र पुष्पवृष्टी सहित भाजपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए  ।
रास्वपा सभापति लामिछानेले आजदेखि नै भारतमा राजनीतिक भेटघाट सुरु गरेका छन् । लामिछानेले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भाजपा अध्यक्ष नीतिनले भाजपा पार्टीको संरचना लगायत विभिन्न विषयमा जानकारी गराएका थिए ।

भारत भ्रमणका क्रममा सभापति लामिछानेले त्यहाँ रहेका नेपालीहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ