२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वराजा वीरेन्द्रको परिवारको २५औँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको हत्या भएको २५ औँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

स्मृति दिवसका अवसरमा स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले मंगलबार ललितपुरको जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो ।

विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन,अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो ।

Screenshot 2026-06-02 133424.jpg

सो घटनामा तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र पनि अस्पतालमा अर्ध मूच्र्छित अवस्थामा उपचाररत रहेपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी घोषणा गरिएको थियो।

दरबार हत्याकाण्डमा तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो ।

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन  बुझाएको थियो । राजा वीरेन्द्रको  वंश नाश भएको  सम्झनामा प्रत्येक वर्ष जेठ १९ गते विशेष कार्यक्रम गरी स्मरण गरिदैँ आएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ