२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि उठेको विवाद - ‘प्रधानमन्त्री अचम्ममा मात्रै पर्नुभएको हो’ : मन्त्री पोखरेल

मंगलवार , जेठ १९, २०८३

काठमाडौं/ सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मीत पोखरेलले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको भनाइबारे उठेको विवादप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको सुनेर आफू अचम्ममा परेको मात्र बताएको दाबी गरे ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत रूपमा व्याख्या गरिएको बताए । ‘ प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्नुभएको होइन, त्यस्तो कुरा सुन्दा आफू अचम्ममा परेको बताउनुभएको हो,’ मन्त्री पोखरेलले भने ।

नेपाल–भारत सीमा विवाद समाधानका लागि यसअघि नै दुई देशबीच विभिन्न संयन्त्र गठन भइसकेकाले अहिले अनावश्यक विवाद सिर्जना गर्न नहुने उनको भनाइ थियो । उनले सीमा सम्बन्धी विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।

‘नेपालले पनि कतिपय विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ, भारतले पनि नेपाललाई आफ्नो धारणा पठाएको छ । दुई देशबीच रहेका सीमा सम्बन्धी विवादहरू वार्ता र संवादमार्फत समाधान गर्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट रूपमा धारणा राखिसक्नुभएको छ,‘ उनले भने।

मन्त्री पोखरेलले प्रधानमन्त्रीको भनाइबारे निष्कर्ष निकाल्नुअघि उक्त अभिव्यक्तिलाई पुनः ध्यानपूर्वक सुन्न आग्रह गरे। ‘एकपटक प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने कुरा पुन ‘रिक्याप’ गरेर सुन्नुहोस्, त्यसपछि विवादको धेरै हदसम्म समाधान हुन्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ