२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘प्रधानमन्त्रीले संसदमा हाजिर गरेका छन् कि छैनन्, अभिलेख हेर्नुपर्छ’ : सांसद हर्क राई

मंगलवार , जेठ १९, २०८३

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री संसदमा नियमित रूपमा उपस्थित भएको वा नभएको विषयमा संसद सचिवालयको आधिकारिक अभिलेख सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राईले संसद नियमावलीअनुसार प्रधानमन्त्रीले संसदमा उपस्थित भई हाजिरी गरेको छ कि छैन भन्ने विषय स्पष्ट हुनुपर्ने बताए।

‘प्रधानमन्त्री संसदमा आएको छ कि छैन, हाजिर गरेको छ कि छैन, त्यसको अभिलेख हेर्नुपर्छ,’ राईले भने।

उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर पनि हाजिर नगरेको प्रमाणित भए त्यसको संवैधानिक र कानुनी पक्षबारे समेत स्पष्टता आवश्यक रहेको धारणा राखे । प्रधानमन्त्रीले संसद सदस्यको हैसियत कायम राखेको विषयमा नियमावलीअनुसार आवश्यक अभिलेख प्रस्तुत गर्न उनले आग्रह गरे ।

देशको सीमा तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने उल्लेख गर्दै राईले प्रधानमन्त्रीले हाल देखिएको विवादबारे तीन करोड नेपाली जनतासामु स्पष्ट धारणा राख्नुपर्ने बताए ।

‘सीमाको विषयमा प्रतिपक्ष मात्र होइन, सबै दल र नेपाली नागरिक एक हुनुपर्छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सम्पूर्ण नेपाली जनतामाझ स्पष्ट पार्न आवश्यक छ,’ उनले भने।

राईले प्रतिनिधिसभा नियमावलीको नियम ७७(१) को समेत उल्लेख गर्दै प्रधानमन्त्रीको संसदीय हैसियतसम्बन्धी विषयमा अभिलेखमार्फत स्पष्टता दिन माग गरे।

‘प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पदमा रहन नसकिने व्यवस्था छ। त्यसैले प्रधानमन्त्रीको हाजिरीसम्बन्धी अभिलेख देखाइदिन म आग्रह गर्दछु,’ राईले संसदमा भने।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ