२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वीरगञ्ज महानगरपालिकाका मेयर  सिंहसँग धरौटी माग

मंगलवार , जेठ १९, २०८३

काठमाडौ/  लिखत किर्ते मुद्दामा पक्राउ परेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई अदालतले धरौटी माग गरेको छ । जिल्ला अदालत पर्साले मेयर राजेशमान सिंह सँग धरौटी माग गर्ने आदेश दिएको हो ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी को एकल इजलासले उनीविरुद्ध दर्ता भएका मुद्दाको सुनुवाइ गर्दै धरौटीमा रिहा गर्ने आदेश जारी गरेको अदालतका तहसिलदार देवराज भट्टराई ले जानकारी दिए ।

मेयर सिंहविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको थियो। लिखत किर्ते सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।

यस अनुसार, अदालतले कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । मेयर सिंह लाई मंगलबार बिहान पर्साको ठोरी बाट पक्राउ गरिएको थियो । पर्सा जिल्ला अदालतले मेयर सिंह लाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ