logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बुद्धनगरमा एमाले माधव समूहको स्थायी कमिटी बैठक 

    बुद्धनगरमा एमाले माधव समूहको स्थायी कमिटी बैठक 

    5.1K
    Shares

    काठमाडौं।नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।

    सोमबार दिउँसो काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक सुरु भएको हो।

    पार्टी एकता र सत्ता गठबन्धनको विषयमा छलफलका लागि बैठक बोलाइएको हो।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको माधव समूहसँग पार्टी अध्यक्ष केपी ओली रुष्ट छन्।

    एमाले दोस्रो पुस्ताका नेताले पार्टी एकताका निम्ति १० बुँदे सहमति गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन।जेठ २७ गतेको सहमति कार्यान्वयन नहुँदा एमाले एकता असम्भव जस्तै भएको छ।

    नेपाल पक्षको बैठक सुरु भएको छ भने अध्यक्ष ओलीतर्फको बैठकसमेत बस्दै छ।ओली समूहले आइतबार बसेको बैठकलाई सोमबार निरन्तरता दिन लागेको हो।यो समूहको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवननमा तीन बजेपछि बस्नेछ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend