२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महोत्तरीमा चोरी गर्न आएको समूहद्वारा दम्पतीमाथि गोली प्रहार, घाइते दुवै जना जनकपुर रेफर

बुधवार , जेठ २०, २०८३

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका सशस्त्र व्यक्तिहरूसँग प्रतिवाद गर्दा एक दम्पती गोली लागेर गम्भीर घाइते भएका छन् ।

मङ्गलवार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५–६ जनाको संख्यामा रहेका अपरिचित व्यक्तिको समूहलाई रोक्न खोज्दा घरधनी २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको हो । हतियारधारी समूहको प्रतिकार गर्दा दुवै जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका यादव दम्पतीको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरिएको थियो । तर, चोट गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

घटना लगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ।

मध्यराति डकैती र ज्यान मार्ने उद्देश्यले गोली प्रहार गर्ने घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार फरार अपराधीहरूको पहिचान र खोजी कार्यलाई तीव्रता दिइएको छ भने सीमा क्षेत्र र आसपासका नाकाहरूमा कडा निगरानी बढाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ