logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चीनमा पुन: बढ्न थाले काेराेना संक्रमित 

    चीनमा पुन: बढ्न थाले काेराेना संक्रमित 

    3.5K
    Shares

    काठमाडाैं । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेका छन् । पछिल्लाे समय चीनमा काेराेना भाइरसका संक्रमित बढ्न थालेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ ।

    चीनको जाङ्सुमा मात्र स्थानीय रुपमा सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ–नयाँ सङ्क्रमित देखिने गरेका छन् । 

    स्थानीय नागरिकमा संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । काेराेना भाइरस संक्रमणकाे उद्गमस्थल मानिएकाे चीनमा पछिल्लाे समय काेराेना भाइरसकाे डेल्टा भेरियन्टकाे जाेखिम बढेकाे पाइएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend