२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले उपाध्यक्ष पौडेलले भने इतिहासकै ठुलो धक्का खायौं, अब धुलो टकटकाएर उठ्छौं

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो राजनीतिक धक्का बेहोरेको बताएका छन् ।
 नेकपा एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरणसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले नै गम्भीर चुनौती सामना गरेको स्वीकार गरे । उनले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएर पार्टीलाई पुनः बलियो बनाउने दाबी गरे ।

58609ddd-f289-4e70-a0f9-709cfff40b67.jpg
पौडेलले भदौ २३–२४ को घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनले ठूलो क्षति व्यहोरेको बताए । उनले केहीले अब कम्युनिस्ट आन्दोलन उठ्न नसक्ने अनुमान गरे पनि आफूहरू फेरि जनतामाझ फर्किएर अघि बढ्ने बताए ।
‘नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा यो इतिहासकै ठूलो धक्का हो, यो पराजय पनि ठूलो पराजय हो,’ पौडेलले भने, ‘तर यही असफलताबाट शिक्षा लिएर हामी फेरि उठ्नेछौँ, धुलो टकटकाएर अगाडि बढ्नेछौँ ।’ उपाध्यक्ष पौडेलले अहिलेकै अवस्थामा पार्टी अगाढी बढ्न नसक्ने बताउदै पार्टी पुनर्गठनको विकल्प नभएको बताए ।

beda3e3e-94fa-4ba6-8c11-4f121e954b91.jpg
उनले एमाले र जनताबीचको सम्बन्ध कमजोर बनेको समेत स्वीकार गरे । अब पार्टी जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउँदै कार्यकर्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने उनको भनाइ थियो ।
पौडेलले कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्ष गलत भएको दाबी गर्दै नयाँ आधारबाट संगठन निर्माण गर्ने बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ