२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओलीको आरोप– ‘अराजकतन्त्र लामो समय चल्दैन, देश ध्वस्त पार्ने योजनाबद्ध खेल भयो’

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनको परिणामले एमालेसहित लोकतान्त्रिक शक्ति, सुशासन र विकासको अभियानलाई धक्का पुगेको दाबी गरेका छन् ।

ओलीले संवैधानिक रुपमा बहुमत प्राप्त सरकार ढाल्न विभिन्न प्रयास असफल भएपछि योजनाबद्ध रुपमा अराजक गतिविधि गराइएको आरोप लगाए । उनले केही दिनअघिदेखि नै आगजनी, सरकारी संरचना तथा नेताहरुका घर लक्षित गतिविधिका लागि तयारी गरिएको दाबी गरे ।
‘आकस्मिक रुपमा भएको होइन, केही दिन अगाडिदेखि नै तयारी थियो । आगो कसरी लगाउने, प्रज्वलन पदार्थ कसरी बनाउने, कहाँ कहाँ जाने भन्ने तालिमसमेत भएको देखिन्छ,’ ओलीले भने, “नेताका घरहरु गुगलबाट लोकेट गरेर वितरण गरिएको थियो ।‘

उनले अहिले पनि सरकार संरक्षणमै त्यस्तो अभियान चलिरहेको आरोप लगाए । राज्य संयन्त्रमा रहेकाहरुलाई समय र परिस्थिति सधैं एउटै नहुने भन्दै ओलीले उताउलो ढंगले अघि नबढ्न चेतावनी दिए । ‘यो देशमा धेरै तन्त्रहरु ढलेका छन्, यो अराजकतन्त्र लामो समय चल्न सक्दैन,‘ उनले भने ।

ओलीले भदौ २३ र २४ गतेको घटनालाई राजनीतिक दलमाथिको पहिलो प्रहार भएको टिप्पणी गरे । सडकबाट उठेका केही आवाजका आधारमा संवैधानिक प्रक्रिया उल्ट्याएर वातावरण बिगार्ने काम भएको उनको आरोप थियो । उनले असंवैधानिक सरकार गठन भएको र त्यसको पृष्ठभूमिमा राजनीतिक दललाई निषेध गर्ने तथा राज्य शक्तिको दुरुपयोग गर्ने काम भएको बताए । 

 सुशिला कार्कीको असवैधानिक सरकार गठन भएपछि त्यसको प्रतिवाद गर्ने अवस्था नरहेको बेला एमालेका नेता–कार्यकर्ताले टोलटोलबाट आवाज उठाएर देशको मनोबल जोगाएको उनको दाबी थियो । निर्वाचन परिणाममाथि पनि प्रश्न उठाउँदै ओलीले चुनाव ‘तमासा र नाटक’ जस्तो भएको टिप्पणी गरे । परिणाम पूर्वनिर्धारित भएको दाबी गर्दै उनले निर्वाचन सामग्री र मत प्रक्रियामाथि समेत शंका व्यक्त गरे । ‘हामी पहिलो पटक चुनाव लडेका होइनौं । उम्मेदवारी खारेज भएकाहरुको समेत डबल मत आयो, यो पूर्वनिर्धारित योजना जस्तो देखिन्छ,’ ओलीले भने । यद्यपि निर्वाचन परिणाम स्वीकार गरेर संसदमा सहभागी भएको उनले बताए । ‘हामीले परिणाम स्वीकारेका हौं, तर अन्धविश्वासमा होइनौं,’ ओलीले भने ।

अहिलेको सरकारले नेता लगायत उच्च पदस्थ कर्मचारीहरुको सम्पती  छानबिनका लागि बनाएको आयोग प्रति पनि तिव्र असन्तुष्टी व्यक्त गरे । ‘अहिलेको सरकार पूर्वाग्रहको पोको हो । मेरो सबै जलाइसकेको छ, अब खरानी उठाएर लैजा सरकार, केको सम्पत्ति विवरण ?’ ओलीले भने । 
उनले अदालतप्रति विश्वास रहेको भन्दै स्वच्छ न्यायको अपेक्षा गरेको बताए । आफूमाथि लगाइएका आरोपमा प्रमाण नभेटिएपछि छाड्न बाध्य भएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ