२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरी स्थगित

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरी स्थगित भएको छ । 

बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि बस्नेगरि स्थगित गरिएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसँगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरे । प्रधानमन्त्रीसँग सीमा मिचेको तथ्य भए संसदमा प्रस्तुत गर्न उनले माग गरे । 

सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए । तर बिरोध कायमै रहेपछि उहाले  जेठ २६ गते बस्नेगरि बैठक स्थगित गरे । 

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरुको विरोधका कारण राष्ट्रियसभाको बैठक केहिदिन देखि प्रभावित हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ