logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मन्त्रालयमा टेबुलको शासन चल्दैन : मन्त्रीले गल्ती गरे सचिवले हुँदैन भन्न सक्नुपर्छ  

    मन्त्रालयमा टेबुलको शासन चल्दैन : मन्त्रीले गल्ती गरे सचिवले हुँदैन भन्न सक्नुपर्छ  

    3.3K
    Shares

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अब मन्त्रालयमा टेबुलको शासन चलाएर नहुने बताएका छन्। 

    सोमबार मन्त्रालयमा नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले पदबहाली गरेपछि बोल्दै शर्माले यस्तो बताएका हुन्। उनले मन्त्रीले गल्ती गरे कर्मचारीले त्यसलाई हुँदैन भन्न सक्नुपर्नेमा जोड दिए।

    ‘मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन। अत्यावश्यकीय महत्वपूर्ण विषयमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ’, मन्त्री शर्माले भने, ‘मन्त्रीले देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’

    महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पद बहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको बिदाई भएको छ। आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो। 
      
    कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

    जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले  ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend