२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उपत्यका ट्राफिक प्रहरीद्वारा चोरी भइ फेला परेका ४० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

बुधवार , जेठ २०, २०८३

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ४० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट  उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सो क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी लक गर्न सुुझाव दिए । त्यस्तै पछिल्ला दिनमा सवारी नियम उलंघनका घटना बढेको भन्दै मर्यादित र नियमको पालना गर्दै सवारी चलाउन आग्रह गरे । 

गत साउन यता करिव ५ सय वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ