logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • बलात्कार आरोपमा विश्वचर्चित पपगायक क्रिस वु पक्राउ

    बलात्कार आरोपमा विश्वचर्चित पपगायक क्रिस वु पक्राउ

    6.8K
    Shares

    काठमाडाैं । विश्वचर्चित पपगायक क्रिस वु पक्राउ परेका छन् । चिनियाँ प्रहरीले उनलाई बलात्कार अभियोगमा पक्राउ गरेको हाे । 

    चिनियाँ मूलका यी क्यानडेली गायकलाई पक्राउ गरिएको घटनाले चीनमा तरंग सिर्जना भएकाे छ । मीटू अन्तर्गतकाे आराेपमा उनी पक्राउ परेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    प्रहरीले दिएकाे प्रारम्भिक जानकारीका अनसुार युनिभर्सिटीकी एक १८ वर्षिया विद्यार्थीले आफूलाई अवसरको लोभ देखाएर यौन सम्बन्ध राखेकाे आरोपपछि उनी पक्राउ परेका हुन् ।  

    कोरियाली पप ब्यान्ड एक्सओबाट गायन करियर थालेका उनी पछिल्लो समय सोलो मोडेल र गायकको रुपमा प्रख्यात छन् । गायक वुले आफूविरुद्ध लगाइएका अभियोगकाे खण्डन गरेका छन् । घटनाकाे बारेमा विस्तृतमा अध्ययन भइरहेकाे पनि चिनियाँ प्रहरीले जनाएकाे समाचारहरुमा जनाइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend