काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलको प्रमुखको जिम्मेवारी विष्णुप्रसाद जोशीले पाएका छन् । नगर प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षक पदमा बढुवा भएसँगै जोशीलाई महानगर प्रहरी बलको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो ।
बुधबार महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जोशीलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
यसअघि महानगर प्रहरी बलको प्रमुख रहेका राजुनाथ पाण्डे फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी जोशीले सम्हाल्दै आएका थिए ।
रिक्त रहेको प्रमुख पदमा जोशीको बढुवासँगै अब काठमाडौं महानगर प्रहरी बलको पूर्ण जिम्मेवारी उनले सम्हाल्ने भएका छन् । महानगर प्रहरी बलको व्यवस्थापन, नगर क्षेत्रको सुरक्षा तथा महानगरका निर्णय कार्यान्वयनमा उनको नेतृत्व रहनेछ ।
प्रतिक्रिया दिनुहोस