२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रौतहटका नागरिकको ढोकामै पुग्यो सरकार : अब पासपोर्ट लिन कार्यालय धाउन नपर्ने

बुधवार , जेठ २०, २०८३

जनकपुरधाम । राहदानी (पासपोर्ट) लिनका लागि अब रौतहटका नागरिकले सदरमुकाम वा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले अघि सारेको घरआँगनमै सेवा पुर्‍ याउने अभियानअन्तर्गत रौतहटमा पासपोर्ट वितरण सेवा सुरु भएको छ ।

जिल्ला हुलाक कार्यालय रौतहटमार्फत सेवाग्राहीको घरमै पासपोर्ट पुर्‍ याउने व्यवस्थाको सुरुवात गरिएको हो । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि पासपोर्ट आवश्यक पर्ने नागरिकलाई लक्षित गर्दै सुरु गरिएको यो सेवाले सरकारी सेवा प्रवाहको शैलीमै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सेवाको पहिलो लाभग्राही बनेका छन् गौर नगरपालिका–२ का राजु राम । रोजगारीका क्रममा भारतको गुजरातमा रहेका रामको पासपोर्ट उनकी आमा गुडिया देवीले घरमै बुझेकी थिइन ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गुडिया देवीलाई पहिलो पासपोर्ट हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरे । प्रविधि र हुलाक सेवाको उपयोग गर्दै सरकारी सेवा नागरिकको घरदैलोमा पु¥याउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए । 

घरमै  पासपोर्ट पाएपछि सेवाग्राही खुसी भएका छन् । सदरमुकाम सम्म जानुपर्ने थियो घरमा नै पार्सपोर्ट पाइयो खुसी लागेको छ, पासपोर्ट लिदै गुडिया देवीले भनिन् । पासपोर्ट लिनकै लागि समय, पैसा र श्रम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य  भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
अब अन्य सरकारी सेवाहरु पनि घर घरमा नै पुगेर प्रदान गर्न आफुहरु लागेको प्रजिअ भुसालले जानकारी दिए । सरकारले पासपोर्ट लगायत अन्य सरकारी कागजपत्रहरु हुलाक मार्फत सेवाग्राहीलाई घर घर मा नै पठाउने यस अघि नै निर्णय गरिसकेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ