logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • वीर अस्पतालबाट डा. जागेश्वर गाैतम ‘आउट’

    वीर अस्पतालबाट डा. जागेश्वर गाैतम ‘आउट’

    3.5K
    Shares

    काठमाडौं । सरकारले डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो ।

    प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखि नै डा. गौतम विवादमा मुछिँदै आएका थिए । उनीमाथि उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेकोलगायतका आरोप लागेकाे थियाे । उनीमाथि कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ। 

    गौतम गएकाे जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका थिए । उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएकाे छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई नियुक्त गरिएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend