logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अभिव्यक्ति विवादमा परेपछि मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

    अभिव्यक्ति विवादमा परेपछि मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

    2.9K
    Shares

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबल समर्थकसँग माफी मागेका छन् ।

    उनले एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।

    अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा पहिले नेपाली फुटबल खेलाडीहरु नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए । उनको त्यस अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो । 

    उनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज राईका कारण आफूले राजीनामा दिन लागेकाे भनी उल्लेख गरेका थिए । अहिले उनी यही कारण पनि विवादमा तानिएका छन् । उनकाे याे विवाद खेलकुद मन्त्रालयसम्म पुगेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend