logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • भारतीय दूतावास अगाडि युवा संघको नाराबाजी, ‘एसएसबी ज्‍यादती बन्द गर’ 

    भारतीय दूतावास अगाडि युवा संघको नाराबाजी, ‘एसएसबी ज्‍यादती बन्द गर’ 

    5.4K
    Shares

    काठमाडौं । जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको विरोधमा युवा संघले प्रदर्शन गरेको छ । सोमबार दिउँसो नेकपा (एमाले) माधव नेपाल निकट युवा संघले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो । 

    एसएसबीले दार्चुलामा तुइन तर्ने क्रममा जयसिंहलाई महाकालीमा खसालेको भन्दै युवा संघले त्यसको विरोधमा प्रदर्शन गरेको हो । 

    ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, हत्या हो’ जस्ता नारा लगाउँदै युवा संघले प्रदर्शन गरेको हो । युवा संघले जयसिंहको परिवारलाई राहतको व्‍यवस्था गर्नसमेत माग गरेको छ। 

    संघले घटनाको छानबिन गरेर दोषीमाथि कारवाही गर्न माग गरेको हो । भारतीय दूतावास अगाडि लैनचोरमा पुगेर संघले प्रदर्शन गरेको हो । 

    शुक्रबार एसएसबीले महाकाली तर्दैगर्दा तुइन काटिदिएपछि जयसिंह बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । गृह मन्त्रालयले घटनाको छानबिन भइरहेको बताएको छ । घटनाको चौतर्फी विरोध भएपछि सरकारले गृहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

    तस्बिर रमेशकुमार परियार

    Protest_for_Indian_embassy (12).jpg

    Protest_for_Indian_embassy (11).jpg

    Protest_for_Indian_embassy (9).jpg

     

    Protest_for_Indian_embassy (10).jpg

    Protest_for_Indian_embassy (8).jpg

    Protest_for_Indian_embassy (7).jpg

    Protest_for_Indian_embassy (6).jpg

    Protest_for_Indian_embassy (5).jpg

    Protest_for_Indian_embassy (4).jpg

     

    Protest_for_Indian_embassy (2).jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend