logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सन्दीपलाई जन्मदिनमा कप्तान उपहार

    सन्दीपलाई जन्मदिनमा कप्तान उपहार

    3.1K
    Shares

    काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिाछानेले चौथो एभरेष्ट प्रिमिय लिग (ईपीएल) काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् ।

    काठमाडौंले सोमबार सन्दीपलाई कप्तानको रुपमा सार्वजनिक गरेको हो । काठमाडौंले सन्दीपलाई उनको २१औं जन्मदिनको उपहारको रुपमा कप्तानमा नियुक्त गरेको जनाएको छ । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदान कीर्तिपुरमा हुनेछ । यसअघि काठमाडौंको कप्तानी सोमपाल कामीले गरेका थिए ।

    गतवर्ष काठमाडौंले खेलाडी ट्रेड मार्फत सोमपाल कामीलाई चितवनलाई बेचेको थियो । सन्दीपले यसअघि ललितपुरबाट इपीएल खेलेका थिए । इपीएलका लागि काठमाडौंले हालैमात्र विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

    सन्दीप र शाहिदसँगै काठमाडौंमा दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend