logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमालेमै फर्किइन् लुम्बिनीकी सांसद विमला ओली

    एमालेमै फर्किइन् लुम्बिनीकी सांसद विमला ओली

    4.2K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले)मा भएको स्पष्ट पारेकी छन् ।

    सोमबार विज्ञप्ति जारी गरेर उनले आफू एमालेमा भएको जानकारी गराएकी हुन् । विज्ञप्तिमा उनले भनेकी छिन्– ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’

    ०७४ साल मंसिरको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उनका पति उत्तरकुमार ओली एमालेबाट निर्वाचित भएका थिए । तर पछि उनको सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उपनिर्वाचनमा विमलाकुमारी खत्री ओली सो क्षेत्रमा निर्वाचित भएकी थिइन् । 

    नेकपाबाट निर्वाचित वलीले केही महिनाअघि आफू माओवादीमा रहने बताएकी थिइन् ।

    bimala 1.jpg

    bimala 2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend