logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • थप ३१ सय २५ मा काेराेना संक्रमण, २३ जनाकाे मृत्यु 

    थप ३१ सय २५ मा काेराेना संक्रमण, २३ जनाकाे मृत्यु 

    2.5K
    Shares

    काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएकाे छ । 

    यही अवधिमा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

    हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै, संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको मन्त्रालयकाे तथ्यांक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend