logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बलुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल

    बलुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल

    5.9K
    Shares

    काठमाडौं । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु अहिले बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

    मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनको कार्यदलको बैठक पनि सोमबार नै बसेको थियो । कार्यदल बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गर्दै मुख्य तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो ।

    ड्राफ्टमा न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ । शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाउने बताइएको छ । शीर्ष नेताको बैठकमा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूह सहभागी छैनन् । देउवा सरकारलाई सघाएको नेपाल पक्ष सरकारमा तत्काल सहभागी नहुने देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend