logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले होइनौँ भनेका भट्ट र रायमाझी एमालेकै बैठकमा

    एमाले होइनौँ भनेका भट्ट र रायमाझी एमालेकै बैठकमा

    3.6K
    Shares

    काठमाडौं । सर्वोच्च अदालत पुगेर आफूहरु नेकपा एमालेमा नरहेको भन्दै सांसद पद पुनर्वहालीको माग गरिरहेका पूर्व माओवादी नेता लेखराज भट्ट र टोपबहादुर रायमाझी एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

    अदालतमा उनीहरुले दायर गरेको रिटमा सुनुवाई भइरहेका बेला सोमबार ललितपुरको च्यासलमा जारी एमालेको स्थायी कमिटी बैठकमा भट्ट र रायमाझी सहभागी भएका हुन् । पूर्वमाओवादीका नेताहरुले आफूहरु नेकपा (माओवादी केन्द्र) मा नै रहेको जिकीर गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    नेता रायमाझीले आफूले पार्टी परिवर्तन नगरेको दाबी गर्दै सांसदको हैसियतले काम गर्न दिन माग समेत गरेका छन् । नेकपा (एमाले) प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा रायमाझीसँगै नेताहरु लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो । उनीहरु मन्त्रीबाट समेत पदमुक्त भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend