काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्ष्य गर्दै कम्पनीले उक्त योजना ल्याएको हो ।
असोजदेखि छठसम्म लागू हुने योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक दिन एक जना विजेताले १० हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।
हरेक महिना पाँच जनाले एक/एक लाख गरी दुई महिनासम्म १० जना लखपति बन्न सक्ने कम्पनीले जानकारी दिएको छ ।