logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल शान्ति पुरस्कार

    उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल शान्ति पुरस्कार

    8.9K
    Shares

    काठमाडाैं ।  यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन् । खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो ।

    तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गरेका छन् । सन् १९९४ मा उनको प्याराडाइज उपन्यासले उनलाई सफल उपन्यासकारको रूपमा उभ्याएको थियो । जसमा उनले २०औँ शताब्दीमा तान्जिनियामा हुर्किएका बालकको कथा लेखेका थिए ।

    गुर्नाहको साहित्यमा महाद्विप र त्यहाँको संस्कृतिको अन्तराल उजागर हुने भएकोले उनलाई पुस्कार दिने निर्णय गरिएको नोबेल कमिटीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend