logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराउने

    मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराउने

    3.2K
    Shares

    सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका -१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ ।

    कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । 
    पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    आगलागीको पीडितको अवस्था बुझ्न मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम छ । मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज कर्णाली प्रदेश सरकारले पीडितहरूलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    सोमबार राति भएको आगलागीमा मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend