logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • गण्डकीमा  सुरु हुँदै कांग्रेस महाधिवेशन, पदाधिकारीकाे नाम अझै बेटुंगो 

    गण्डकीमा  सुरु हुँदै कांग्रेस महाधिवेशन, पदाधिकारीकाे नाम अझै बेटुंगो 

    3.6K
    Shares

    पोखरा ।  गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन सुरु हुँदैछ । अहिले दिउँसोको उद्घाटन कार्यक्रम राखिएको अधिवेशनमा शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम रहेको छ ।

    पदाधिकारीको मनोनयन समय नजिकै आउँदासमेत अझै  उम्मेद्वारहरू टुंगिएको छैन । संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई टिकट दिएको छ । संस्थापनइतर समूहमा पाँच जनाको दाबेदारी रहेको छ । कास्कीबाट देवराज चालिसे, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

    आकांक्षी धेरै भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरूको पोखरामा निरन्तर बैठक चलिरहेको छ । स्रोतका अनुसार शुक्रराज शर्मा र देवराज चालिसेमध्ये एक जनालाई टिकट दिन लागिएको छ । ‘देवराजको माहोल राम्रो भएकाले उहाँले टिकट पाउने सम्भावना प्रबल रहेको  कांग्रेसका एक नेताले बताए । 

    सभापतिको टुंगो नलागेका कारण अन्य पदाधिकारीमा पनि अन्योल छ । संस्थापन पक्षले उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महतलाई उठाउने भएको छ । महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला चालिसेको नाम चर्चामा रहेको छ ।

    संस्थापनइतरले भने उपसभापतिमा किरणबाबु श्रेष्ठ र बागलुङका हरिकुमार श्रेष्ठ, महामन्त्रीमा कृष्ण केसी र विष्णु लामिछाने तथा सहमहामन्त्रीमा कल्पना तिवारी र सरिता गुरुङलाई उठाउने देखिएको छ । अर्को सहमहामन्त्रीको उम्मेद्वार अझै खोजी भइरहेको छ । मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङले कुनै पनि पदाधिकारी नपाउने भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend