logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • बागमतीमा १३ औं महाधिवेशनको अवस्था दोहोरियो , सभापति बन्न बानियाँलाई पुगेन मत

    बागमतीमा १३ औं महाधिवेशनको अवस्था दोहोरियो , सभापति बन्न बानियाँलाई पुगेन मत

    2.8K
    Shares

    मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । 

    २ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाँलाई यो मत पर्याप्त भने होइन । 

    मत परिणामअनुसार सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरे । बानियाँसहित तीनै जना सभापतिका उम्मेद्वारले पार्टीको विधानअनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ । सभापति हुनका लागि आवश्यक मत कसैको पनि हुन नसकेकाले अब फेरि आज सभापति पदमा चुनाव हुने भएको छ । बढी मत पाएका बानियाको पनि कुल मतको ४८ प्रतिशत मात्र मत हुन आउँछ । 

    निर्वाचन समितिकाअनुसार चुनावमा १० मत बदर भएको छ भने १२ जनाले मतदान नै गरेनन् । 

    राति मतगणना भएदेखि नै बानियाँले अन्य दुई उम्मेद्वारलाई उछिन्दै आइरहेका थिए ।  

    यसअघि नेपाली कांग्रेस १३औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदा ५१ प्रतिशत नतिजा ल्याउन नसक्दा दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो । दोस्रो राउण्डको मतदानमा देउवा सभापति निर्वाचित भएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend