logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • दुर्लभ जेठामनको ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

    दुर्लभ जेठामनको ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

    3.9K
    Shares

    खोटाङ । साहित्य तथा संगीत स्रष्टा दुर्लभ जेठामन (हिरनकुमार राई)को लोकभाका ‘जोवन बैना देऊ’ बोलको लोकभाका सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछा प्याखोलाका दुर्लभ जेठामनले पश्चिमेली कौडा लोकभाकाको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

    कौडा लोकभाकाको म्युजिक भिडियो काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ले विमोचन गरेका छन् । पृथक् स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा दुर्लभ जेठामन र ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपविजेता तारा श्रीष मगरको स्वर छ । कुमारी बाँठा मगर (मनु)ले लेखेको गीतमा स्वयं गायक दुर्लभ जेठामनको संगीत समेटिएको छ ।

    म्युजिक भिडियोमा अनुप राना, प्रिया घर्ती मगर र अञ्जली गुरुङको अभिनय देख्न सकिन्छ । निम संगीतको एरेञ्ज र केशु पुन मगरको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । गीतका लागि एड्भेञ्चर इन्टरटेनमेन्टले दृश्यानिर्माण, दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ । 

    म्युजिक भिडियो विमोचनका क्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाले पूर्वेली संस्कार र संस्कृतिमा हुर्किएका दुर्लभ जेठामनले जोखिम मोलेर पश्चिमेली लोकभाका कौडाको गीत तयार पारेको प्रतिक्रिया दिए । दुई दशकदेखि साहित्यमा दुर्लभ जेठामनले परिचित राई गीत, संगीत र गायनमा पनि उत्तिकै क्रियाशील छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend