logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने 

    अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने 

    8.1K
    Shares

    काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् । हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । 

    महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको उनले बताए । ‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्‍यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षड्यन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा छु’, उनले भने ।  

    अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend