logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस गण्डकी प्रदेशमा सहमहामन्त्रीसहित लमजुङका पाँच जना निर्वाचित

    कांग्रेस गण्डकी प्रदेशमा सहमहामन्त्रीसहित लमजुङका पाँच जना निर्वाचित

    4K
    Shares

    लमजुङ  । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति पदाधिकारीमा सहमहामन्त्रीसहित पाँच पदमा लमजुङबाट निर्वाचित भएका छन् ।

    लमजुङका रमेशकुमार पाण्डे ६१८ मत ल्याएर निर्वाचित भएका हुन् ।  सदस्यमा लमजुङका चार जना निर्वाचित भएका छन् ।  भुगोलतर्फ दुई जना, खुल्ला र खसआर्य महिला तर्फ एकरएक जना निर्वाचित भएका हुन् । 

    कांग्रेसको विधान अनुसार एक महिलासहित अनिवार्य दुई जना सदस्य निर्वाचित हुने भुगोलतर्फ जिल्लाका महाधिवेशन प्रतिनिधि हरि बराल र छुपीमाया गुरुङ निर्वाचित भएका हुन् । निर्वाचन मतपरिणाम अनुसार जिल्लाबाट पुरुषतर्फ बराल र जिवनकुमार श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा भएकोमा बरालले पाँच सय ५९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले चार सय ६३ मत पाएका छन् ।

    विधान अनुसार प्रदेश कार्यसमितिमा आठ जना रहने खुल्ला सदस्यतर्फ लमजुङका दिपेश गौतम निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि खसआर्य महिलातर्फ उम्मेदारी दिएका लमजुङका विष्णुमाया धिताल र सुस्मीता थापा अधिकारीमध्ये धिताल निर्वाचित भएकी छन् ।

    प्रदेश कार्यसमितिका लागि आदिवासी जनजाती खुल्लातर्फ लमजुङका बद्रीमान श्रेष्ठ पाँच सय मत प्राप्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend