logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस संस्थापन इतरका चार भाईको पौडेल निवास बोहराटारमा जमघट

    कांग्रेस संस्थापन इतरका चार भाईको पौडेल निवास बोहराटारमा जमघट

    5.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेस  १४ औं महाधिवेशनको संघारमा रहेको बेला पौडेल समुहको पौडेल निवासमा छलफल हुन थालेको छ  । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्न बैठक राखेका हुन्।

    आज साँझ पौडेल निवास बोहराटारमा उक्त समूहका नेताहरू छलफलमा जुटेका हुन्। पौडेलले ५ः३० बजेदेखि छलफल गर्ने भएकोले सहभागी हुन भनेकाले पौडेलसहित उनी पक्षका नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी पौडेल निवासमा भेला भएका हुन् ।

    चार जना आकांक्षीमध्ये एक जना सभापतिमा उठ्ने गरी छलफल गरिएको पौडेलनिकट स्रोतले जनाएको छ। महाधिवेशन आउन चार दिनमात्रै बाँकी हुँदा पौडेलले सर्वसम्मत रूपमा सभापति उम्मेदवार छान्न बैठक बोलाएका हुन्।

    सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा रहेको अवस्थामा देउवासँग प्रतिस्पर्धा गर्न पौडेल पक्षले एक मात्र उम्मेदवार दिने बताइरहेका छन् तर आकांक्षी धेरै हुँदा सहमति भइसकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend