logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बैतडीमा  जिप दुर्घटनामा परी पाँचजनाको मृत्यु, पाँचजना घाइते

    बैतडीमा  जिप दुर्घटनामा परी पाँचजनाको मृत्यु, पाँचजना घाइते

    3.4K
    Shares

    बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएकाछन् ।  पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटना हुँदा नव विवाहित जोडी सहित पाँच जनाको मृत्यु भएको हो । 

    दुर्घटनामा परेर मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई,  ४० वर्षीया जानकी भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् । 

    दुर्घटना साँझ साढे ५ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरू घरबाट माइतीघर पाटन–७ कैलपाल फर्कंदै गरेका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले बताए । पाटन नगरपालिका–१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रेफर गरिएको प्रहरी ले जनाएको छ  । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।  

    जिप चालक बैतडीको पाटन नगरपालिका–५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend