Logo बिहिवार, माघ १३ गते २०७८
बिहिवार, माघ १३ गते २०७८
images
images

विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला

विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला

images
images
  • 316
    SHARES
  • सुनसरी  । सुनसरीको कोसी गाउँपालिका–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना अघिदेखि विद्यालय खुले पनि विद्यालयमा पढाई नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

    images

    विद्यार्थीले सोमबार बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका थिए । आन्दोलनकारीले विद्यालयमा र कोसी गाउँपालिकामा समेत तालाबन्दी गरेका छन् । उनीहरूले परीक्षा आउन लाग्दा पढाई नभएको, पर्याप्त शिक्षक नभएको र भएका शिक्षक पनि समयमा विद्यालय नआउने गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताउँछन् । शिक्षकले विद्यार्थीप्रति गरेको बेवास्ताले आन्दोलनको रूप लिएको कक्षा ९ मा पढ्ने अफ्ताब अन्सारी बताउँछन् । १० बजे आउनु पर्ने सर १२, १ बजे आउने कुनै दिन पनि पुरै पढाई नहुने जस्ता समस्याका कारण विद्यार्थी सडकमा आउनु परेको उनको भनाई छ ।
    त्यस्तै मनिष कुमार यादवले पनि अन्सारीको भनाइलाई समर्थन गर्दै विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको भविष्य डामाडोल भएको बताए। विद्यालयमा भएका सरहरूले पढाई दिए पनि हुन्थ्यो जस्तो लागे पनि उहाँहरू कति बजे आउँछ, कति बजे जान्छ विद्यार्थीहरूलाई थार्ह नहुने उनले बताए ।
    सरहरूले हाम्रो भविष्यमाथि खेलबाड गरेको कक्षा ७ मा अध्ययनरत पूजन कुमारी यादवको आरोप छ । कोभिडले बन्द भएका विद्यालय खुल्दा पनि पढाई नहुँदा दिनभर स्कुलमा आएर बस्नु बाहेक कुनै काम नभएको उनको भनाई छ । ‘सरलाई देख्नै मुस्किल पर्छ, पढाउन त परको कुरा,’ यादव भन्छिन् ।

    एक हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । गाउँपालिकाले विषय अन्तर्गत शिक्षक दिन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालय बताउँछ । माध्यमिक तह सम्म पढाई हुने विद्यालयमा एक जना मात्रै निम्न माध्यमिक तहका स्थायी शिक्षक रहेका छन् ।

    उनलाई नै निमित्त प्राध्यापकको जिम्मेवारी दिइएको छ । माध्यमिक तहको दरबन्दी गाउँपालिकाले नदिँदा दिनप्रतिदिन विद्यालयमा समस्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादव बताउँछन् । प्राथमिक तहमा भएको शिक्षकले माध्यमिक तहसम्म पढाउनु परेको अध्यक्षको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार